Nidan Media

सुनको मूल्यमा भारी वृद्धि, तालाको दुई लाख ५८ हजार पुग्यो

काठमाडौँ । कात्तिक महिनाको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । बिहीबारको तुलनामा तोलामा सात हजार एक सय रुपैयाँ बढेको छ ।

बिहीबार प्रतितोला दुई लाख ५० हजार नाै सय रुपैयाँ कायम भएको छापावाला सुनको भाउ शुक्रबार दुई लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

दशैँअघि असोज १२ गते सुन प्रतितालो दुई लाख २३ हजार दुई सय र दशैँ अवधिभर दुई लाख ३० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

दशैँ लगत्तैको असोज १९ गने सुन प्रतितोला दुई लाख ३० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि असोज २४ गतेबाहेक सुनको भाउ निरन्तर उकालो लागेको लागिरहेको छ ।

दशैँपछि असोज मसान्तका दिनसम्ममा सुनको भाउ तोलामा ३४ हजार आठ सय रुपैयाँ बढेको छ ।

यस्तै बिहीबार तोलाको तीन हजार दुई ७५ रुपैयाँ कायम भएको असली चाँदीको मूल्य शुक्रवार बढेर तीन हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि बढ्नेक्रम रोकिएको छैन । दशैँअघि असोज १२ मा चाँदी प्रतितोला दुई हजार आठ सय १० रुपैयाँ रहेको थियो ।

त्यसपछि लगातार वृद्धि भई असोज मसान्तसम्म आइपुग्दा चाँदीको भाउ तोलामा पाँच सय ४० रुपैयाँ बढेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.