Nidan Media

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

काठमाडौँ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले शुक्रबार छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसीसी टी-२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ ।

नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि उपाधि जित्ने सम्भावना बलियो बनेको थियाे ।

नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६-६ अंक छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ । खेल शुक्रबार बिहान ११:४५ बजे शुरू हुँदैछ ।

नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् ।

नेपाल र ओमान दुई खेल अघि नै विश्वकप पुगेका हुन् । छनोट चरणको सुपरसिक्सबाट जापान, कतार र सामाओ भने बाहिरिसकेका छन्।

आजको खेल नेपालका लागि फाइनल बराबर हो । नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ भने सामाओ अंकबिहीन पुछारमा छ ।

तेस्रो पटक विश्वकपमा छनोट भएको नेपालले छनोटको उपाधि पहिलो पटक उचाल्न लागेको हो।

उपाधिका लागि शुक्रबार दिउँसो ४:१५ बजे नेपालले ओमानको मैदानमा सामाओसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले सामाओलाई हराएमा अपराजित रहँदै १० अंक जोडेर उपाधि उचाल्ने छ ।

नेपाल पराजित भएर ओमानले जापानलाई हराए रनरेटका आधारमा शीर्ष स्थानमा रहेको टिमले उपाधि उचाल्ने छ ।

ओमान जापानसँग पराजित भए सामाओसँगको खेलको नतिजा अघि नै नेपालले उपाधि उचाल्ने छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.