जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ लिएका छन्।
मधेस प्रदेश प्रमुख कार्यालयमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई सपथ ग्रहण गराएकी हुन्।
मुख्यमन्त्री सोनलको सपथ ग्रहणसँगै दुई वटा विना विभागीय मन्त्रीलाई सपथ ग्रहण गराइएको छ।
विना विभागीय मन्त्रीहरूमा जनमत पार्टीका महेश यादव र नेकपा एसका कनिस पटेल छन् ।
उनीहरूको विभाग पछि तोकिने जनाइएको छ।