पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
निगमले बिहीबार बिहान १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ ।
नयाँ कायम मूल्यअनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर एक सय ५९, सुर्खेत र दाङमा एक सय ५८ अन्य क्षेत्रमा एक सय ५६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको निगमले जनाएको छ ।