Nidan Media

जीतेन्द्र सोनल मधेसको मुख्यमन्त्री नियुक्त

पाेखरा । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जीतेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता सोनललाई जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) का ५६ सांसद्को समर्थनसहित दावी पेस गरेपछि सोनललाई नै मुख्यमन्त्री नियुक्त गरिएको हो ।

कुल एक सय साथ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसद्को समर्थन आवश्यक पर्छ ।

पाँच दलीय गठबन्धन बनेर सोनलको नेतृत्वमा सरकार बनेसँग मधेस प्रदेश सभाको पहिलो र दोस्रो दल एमाले र कांग्रेस सत्ताबाहिर भएका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले नेकपा एमाले र जनमत पार्टीको समर्थनसहित दाबी प्रस्तुत गरेका थिए ।

सोनललाई मुख्यमन्त्री बनाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरले निकै कसरत गरेका थिए । उनले विभिन्न राजनीतिक दलका प्रमुखलाई भेटेर, फोन सम्पर्क गरेर समर्थनका लागि अपील गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.