Nidan Media

पूर्वसभामुख महरा कारागार चलान

पाेखरा । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

बुधबार भएको महराको थुनछेक बहसपछि जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेको हो । अदालतको यो आदेशपछि महराको अनुसन्धान थुनामै रहेर हुनेछ ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो । काठमाडौँ जिल्ला अदालतमा गत सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी बुधबारसम्मका लागि हेर्दाहेर्दैमा गएको थियो ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई पक्राउ गरेको हो ।

दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर २०७९ पुस १० गते ल्याइएको करिब आठ करोड ५५ लाख २८ हजार बराबरको करिब नाै किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्व सभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।

प्रहरीले यसअघि उनलाई दुई पटक पक्राउ परे पनि सत्ता शक्तिको आडमा उनी छुटेका थिए । उनका छोरा राहुल पनि १४ महिना जेल बसेर छुटेका थिए ।

यसअघि बिमार भएको बहानामा तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले उनलाई हाजिरी जमानीमा छाडेका थिए । उनले कानूनको पनि मन हुने प्रतिक्रिया दिएका थिए । अहिले तिनै रवि लामिछाने सहकारी ठगी आरोपमा नख्खु कारागारमा रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.