सिराहा । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध सिरहामा उजुरी दिएका छन् ।
उनीहरुले जिल्ला प्रहरी कार्यालय सिराहामा उजुरी दर्ता गराएका हुन् ।
उनीहरूविरुद्ध राजनीतिक आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र समाजमा विभाजन पैदा गर्ने गतिविधि गरेको आरोप उजुरीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो
घटनापछि स्थानीय तथा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरी यस विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
उनीहरूविरुद्ध यसअघि विभिन्न जिल्लामा जाहेरी परेकाे छ ।