Nidan Media

सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ ।

सुनको भाउ तोलामा चार सय रुपैया बढ्दा चाँदीको भाउ ८५ रुपैयाँ घटेको हो ।

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँका खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा आठ हजार एक सय रुपैयाँ वृद्धि भएको थियो ।

बुधबार कायम भएकाे सुनकाे भाउ हालसम्मकै उच्च हाे ।

यता मंगलबार तीन हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदीकाे मूल्य बुधबार तीन हजार दुई सय ४० रुपैयाँ कायम भएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.