काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
उनले वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको जानकारी गराए ।
मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनार्थ मंगलबार प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।
मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको जानकारी गराए ।