Nidan Media

बिपिन जोशीको मृत्यु भएको पुष्टि, शव आजै हस्तान्तरण गरिने

पोखरा । नेपाली युवक बिपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ ।

हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले एक विज्ञप्ति जारी गर्दै मृतक बन्दी गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको जनाएको छ । अल-कसम ब्रिगेड्सले सोमबारै चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

उनीहरूको शव हस्तान्तरण गरिने उल्लेख गर्दै यो घटना इजरायल र हमास बिचको सम्झौताको एक भागको रूपमा भएको भनिएको छ । जसअनुसार इजरायलले प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ ।

हमासले गाजामा रहेका सबै २० जीवित बन्दीलाई रिहा गरिसकेको छ । त्यसमा बिपिन नपरेपछि उनी जीवित नरहेको पुष्टि भएको हो ।

अझै पनि केही मृत इजरायली बन्दीका अवशेष हमासको नियन्त्रणमा रहेको बताइएको छ । इजरायली अधिकारीले यो सम्झौताअन्तर्गत हमासले फेला परेका मृतक बन्दीका शव फिर्ता गर्नुपर्ने बताएका थिए ।

हमासको सशस्त्र समूह कसम ब्रिगेडले घोषणा गरेलगत्तै इजरायली सेनाले पनि बन्दीहरूको शव रेडक्रसले बुझ्ने जानकारी दिएको छ।

इजरायली सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार, रेड क्रसका अधिकारीहरू दक्षिणी गाजामा रहेको भेटघाट स्थलतर्फ जाँदैछन्, जहाँ उनीहरूलाई बन्दीहरूको शव राखिएका बाकस हस्तान्तरण गरिनेछ ।

यो घोषणा हमासको सशस्त्र समूहले आज दिनको अन्त्य हुनुअगावै चार जना बन्दीको शव रिहा गर्ने बताएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.