पाेखरा। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४४दशमलव२५ अंकले बढेर २५४७दशमलव६० बिन्दुमा रोकिएको छ । नेप्से बढे पनि कारोबार रक मभने अघिल्लो दनिको तुलनामा केही घटेको देखिएको छ ।
आईतबार नेप्से परिसूचक ७८ दशमलव ८३ अंक घटेर नेप्से परिसूचक अन्तिममा २ हजार ५०३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो ।
आइतबारको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ भन्दा बढीको १ करोड ४३ लाख ६४ हजारभन्दा बढी शेयर कारोबार भएकोमा साेमबार भने कुल ३३० स्टकको ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ५दशमलव१४, फ्लोट इन्डेक्स २दशमलव६५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १दशमलव९७ अंक बढेको छ । यसदिन नेपाल माइक्रो इन्स्यारेन्सको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १३००दशमलव२० रुपैयाँमा अन्तिम कारोबार भएकाो छ ।
नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १२९९दशमलव२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस्तै, क्रेष्ट माइक्रो लाइफ, इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्य मापन सकारात्मक सर्किट लागेको छ ।
यस्तै, कर्पोरेट डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ५दशमलव२६ प्रतिशतले घटेर एक हजार ८०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्रीस्टार हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ४दशमलव४५ प्रतिशतले घटेर ७३० रुपैयाँमा अन्तिम करोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५दशमलव०१ प्रतिशत बढेको छ ।
यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।