रौतहट । रौतहटको गौरमा बाढीबाट जमेको पानीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजदेवी नगरपालिका वडा नं ८ की १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको छन् ।
प्रहरी अनुसार गौर नगरपालिका वडा नं १ स्थित सीमा क्षेत्र नजिक बाढीको पानीमा उनीहरू डुबेका हुन् ।
सात जनाको समूहमा घाँस लिन गौर आउँदै गर्दा उनीहरू बाढीको पानीमा डुबेका थिए ।
जसमा चार जनालाई स्थानीयले उद्धार गरेका थिए । तीन जनाको शव प्रहरीले खोजी गर्ने क्रममा निकालिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी उनीहरूको खोजी गरेको थियो ।
उनीहरूको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।