पोखरा । हमासको कब्जामा परेका नेपाली बिपिन जोशी अब जीवित नरहेको इजरायली अधिकारीले पुष्टि गरेका छन् ।
इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरले जोशीकी आमा, बहिनीलाई र नेपालमा रहेका आफन्त किशोर जोशीलाई यो जानकारी दिएका हुन् ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमार्फत् जानकारी दिँदै भने,“इजरायली अधिकारीहरूले बिपिन जोशी जीवित नरहेको औपचारिक रूपमा परिवारलाई सूचित गरेका छन् ।’
आजको आधिकारिक सूचनासँगै उनको मृत्युको पुष्टि भएको छ । यसअघि एक भिडियो फुटेज सार्वजनिक हुँदा उनी जीवितै रहेको आशा गरिएको थियो ।