काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल जेनेभा जाने भएका छन् ।
अन्तरिव्यवस्थापिका मञ्चको एक सय ५१औँ भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन् ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित जस्तै रहेको र तीन पटक भेटिसकेको जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।
मानवीय मान्यता कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम यस वर्षको अन्तरिव्यवस्थापिका मञ्चको रहेको उनले बताए ।
भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनले बताए ।