Nidan Media

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पाेखरा। सुन तस्करीका आरोपमा पक्राउ परेर पनि हाजिरी जमानीमा छुटेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।

उनलाई चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो । महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो । महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो ।

उनी रवि लामिछाने गृहमन्त्री हुँदा पक्राउ परेका भए पनि बिरामीको बहाना पारेर कानूनको पनि मन हुने भन्दै हाजिरी जमानीमा छुटाएका थिए ।

अहिले रवि सहकारी ठगीमा जेलमा छन् भने महरालाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भएका बेलामा गृहमन्त्री ओमप्रकाश अर्यालले पक्राउ गरेका हुन् ।

अहिलेको सरकारको म्यान्डेट फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन र भ्रष्ट र एवं अपराधमा मुछिएका नेताहरुलाई कारबाही गर्ने रहेको छ ।

यस्तो छ प्रहरीको जानकारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.