Nidan Media

राष्ट्रपति पौडेल अस्पताल भर्ना, जेन-जीसँगकाे वार्ता स्थगित

पाेखरा । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सामान्य बान्ता भएर उनलाई अस्पताल लगिएको हो ।

बान्ता भएपछि नसासम्बन्धी केही समस्या छ कि भनेर न्यूरोका डाक्टरहरूले हेरिरहेका छन् ।

उनको पाचन प्रक्रियामा समस्या देखिने गरेको छ ।

यसैबीच पौडेल बिरामी परेपछि जेन-जी समूहसँग हुने भनिएकाे वार्ता सोमबार दिउँसो बस्ने गरी राेकिएकाे छ ।

जेन-जीसँग वार्तामा नबसे पनि पौडेलले प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरूसँग भने कुराकानी गरेको बुझिएको छ ।

यता जेन-जीहरूको समूह धेरै भएपछि आफूहरू पनि वार्तामा बस्न पाउनु पर्ने भन्दै राष्ट्रपति कार्यालय शीतल निवास बाहिर नाराबाजी गरेका छन् ।

आफूहरूका माग सम्बोधन गर्न सरकार अनिच्छुक देखिएको भन्दै जेन-जीका विभिन्न समूहले अब सिधै राष्ट्रपतिसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

तर यसपटक पनि जेन-जीका अगुवाका रुपमा उनै सुदन गुरुङ राष्ट्रपति कार्यालयमा छिरेपछि वास्ताविक जेन-जीहरूले आपत्ति जनाउँदै आफूहरू पनि वार्तामा बस्न पाउनु पर्ने अडानमा छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.