Nidan Media

मौसम सफा, कोशीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

पाेखरा । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो ।

आज दिउँसो गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भूभागका एक, दुई स्थान हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.