Nidan Media

ओलीको सिफारिसमा कार्की प्रधानमन्त्री बनेकाे प्रचण्डद्वारा खुलासा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशीला कार्की केपी शर्मा ओलीको लिखित सिफारिसमा प्रधानमन्त्री बनेको खुलासा गरेका छन् ।

शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रिया गर्दै उनले कार्कीलाई ओलीले नै प्रधानमन्त्रीमा सिफारिस गरेको बताएका हुन् ।

कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने ओली नै भएको भन्दै उनले केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गरेको अध्यक्ष प्रचण्डले जिकिर गरे ।

एमाले अध्यक्ष ओलीले अहिलेको सरकार हावाको भरमा बनेको भनी गरेको टिप्पणीको खण्डण गर्दै प्रचण्डले अहिले यो सरकार हावामा बन्यो भन्न नमिल्ने र ओलीकै सिफारिसकर्ता भएको स्पष्ट पारे ।

फरक प्रसंगमा प्रचण्डले आफूलाई पार्टीको प्रमुख वा अध्यक्ष नै भइराख्नुपर्छ भन्ने नरहेको बताए । उनले आफ्नो नेचर पलायन हुने, रिटायर्ड लाइफ बिताउने र निष्क्रिय बस्ने नरहेको पनि आफू नै प्रमुख बन्नुपर्छ भन्ने पक्षमा नरहेको धारणा राखे ।

अध्यक्ष पद, पार्टीको प्रमुख भइनै राख्नुपर्छ भन्नेमा अब आफू नरहेको भन्दै उनले एउटा निश्चित प्रक्रियाभित्रबाट नयाँ नेतृत्व निर्माण गर्ने र पुरानो नेतृत्वले भिन्न भूमिकामा गएर निकास दिनुपर्छ भनेर पार्टीलाई विशेष महाधिवेशनको बाटोतर्फ लगिएको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.