Nidan Media

सुनको भाउमा भारी गिरावट, चाँदी भने बढ्यो

पाेखरा। नेपाली बजारमा सुनको मूल्यमा आज ठूलो गिरावट आएको छ भने चाँदीको भाउ भने बढेको छ। बिहीबारको तुलनामा एक तोला सुन चार हजार दुई सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार बिहीबार दुई लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३५ हजार कायम भएको छ।

यसैगरी, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिद बिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार ५८ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.