Nidan Media

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, विनाशकारी सुनामीको चेतावनी

पाेखरा । फिलिपिन्समा शुक्रबार बिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्प ७दशमलव४ म्याग्निच्यूडको भएको अधिकारीहरूले बताएका छन् ।

यो भूकम्पपछि “विनाशकारी सुनामी” आउने चेतावनी जारी गर्दै जनतालाई तटीय क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सार्न आग्रह गरेका छन् ।

भूकम्प मिन्दानाओ क्षेत्रको डाभाओ ओरियन्टल प्रान्तस्थित मनाय टाउन नजिकै समुद्रको सतहमा गएको बताइएको छ ।

फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन सक्ने जनाएको छ । बन्द खाडी तथा साँघुरा जलसन्धीहरूमा अझ उच्च हुन सक्ने संस्थानले जनाएको छ ।

संस्थाका अनुसार पहिलो सुनामीका छालाहरू स्थानीय समयअनुसार बिहान ९ः४३ देखि ११ः४३ बीच आइपुग्ने सम्भावना छ र यी छालाहरू केही घण्टासम्म जारी रहन सक्छन् ।

हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि अधिकारीहरूले उद्धार र आपतकालीन तयारीलाई उच्च सतर्कतामा राखेका छन् । एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.