पोखरा । नेपाल एक खेल अगावै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा पुगेको छ ।
समूह बी मा रहेको जापानले कुवेतलाई हराएसँगै नेपाल सुपर सिक्समा पुगेको हो । बिहीबार कुवेतलाई हराएको जापान पनि सुपर सिक्समा पुगेको छ ।
यसअघि नेपालसँग पनि पराजित भएको कुवेत समूह चरणबाटै बाहिरिएको छ । समूह बीको अन्तिम खेल शुक्रबार नेपाल र जापानबीच हुँदैछ ।
बिहीबारै भएको अर्को खेलमा समूह ए को कतारले मलेसियालाई पराजित गरेको छ । यो समूहमा यूएई पनि रहेको छ, जसले कतारलाई हराइसकेको छ।