Nidan Media

सर्पले डसेर गम्भीर भएकी नयनदेवीलाई झाँक्रीकहाँ लैजाँदा…

सर्लाही । सर्लाहीमा गोमन सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कौडेना गाउँपालिका वडा नं २ फूलपरासी ४२ वर्षीया नयनदेवी यादव छन् ।

सर्पले डसेपछि गम्भीर भएकी नयनदेवीलाई परिवारका सदस्यले अस्पताल नलगि विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।

झारफुक गर्दा पनि अवस्था सुधार नभएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो ।

अस्पताल पुर्याउने बित्तिकै नयनदेवीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार नयनदेवीलाई सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन ढिलो हुँदा ज्यान गएको हो ।

चिकित्सकले मृत घोषणा गरेपछि पनि परिवारका सदस्यले नयनदेवीलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए ।

त्यहाँ पुर्याएपछि अस्पतालले बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान भनेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.