पाेखरा । नेपाली बजारमा सुनचाँदीको भाउ बढ्ने क्रम जारी छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदीको ८० रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख २९ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
दशैँ पश्चात् सुनको भाउ निरन्तर उकालो लागेको लाग्दै तोलामै १६ हजार एक सय रुपैयाँ बढेको छ । दशैँ अघि असोज १२ गते सुन प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यता बुधबार प्रतितोला दुई हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदी मूल्य बिहीबार दुई हजार नौ सय २५ रुपैयाँ कायम भएको छ । सुन र चाँदी दुवैको यो मूल्य इतिहासकै उच्च हो ।