Nidan Media

नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य, कुशल भुर्तेलकाे उत्कृष्ट प्रदर्शन

पोखरा । आइसिसी टी-ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत बुधबार राति जारी खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ ।

कुवेतले टस जितेपछि पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेपालले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १४१ रन बनाउन सफल भएको हो ।

कुवेतले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्न दिएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै  ६६  रन बनाउन सफल भए । यस्तै गुलशन झाले ‍‍तीन छक्का प्रहार गर्दै २० रनकाे याेगदान दिए ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत हालसम्म तीन पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुई तथा कुवेतले एक खेल जितेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.