Nidan Media

नेप्से परिसूचकमा ४५ अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ४५दशमलव३६ अंकले घट्दै २५५९दशमलव५९ विन्दुमा पुगेको छ ।

बुधबार सेन्सेटिभ इण्डेक्स ८दशमलव१५ अंक, फ्लोट इण्डेक्स ३दशमलव४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३दशमलव०४ अंकले घटेका छन् ।

अघिल्लो कारोबार दिन मंगलबार ५८दशमलव५५ अंकले घटेको बजार २६०४दशमलव९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेर पाँच अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैँकको डिबेञ्चर २०८७ (७दशमलव०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले  अगाडि छन् । त्यसैगरी, प्रभु इन्स्योरेन्सको शेयर मूल्य ६दशमलव१२ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार २६ करोड १६ लाख रुपैयाँ भएको छ ।

त्यसपछि यूनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त (३दशमलव०९ प्रतिशत) र होटल०पर्यटन (३ प्रतिशत) उपसमूह सबैभन्दा बढी घटेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.