Nidan Media

आफूलाई पक्रेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर व्यूरोमा बयान दिएलगत्तै उनले आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

नेता बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने चेतावनीसमेत दिए ।

उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान आफू तयार भए पनि कसैले लगाएको आरोप सह्य हुँदैन, जेनजी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नलाई कारबाहीको दायरामा ल्याओस् ।’ नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताए ।

अर्को प्रसंगमा नेता बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोपसमेत लगाए । उनले शाह र गुरुङलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए ।

बालेन र सुदनलगायतका उन समूहहरू विदेशी दलाल भएको आरोप लगाउँदै उनले उनीहरूले आपराधिक गतिविधि गरेकाले कारबाही उनीहरूबाटै शुरू गर्नुपर्नेमा जोड दिए ।

उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए । संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौँ । पार्टीले आधिकारिक रूपमा जाने कि कानून व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ ।’

रास्वपाका कार्यकर्तामाथि पनि गम्भीर आरोप लगाउँदै बस्नेतले जेनजी आन्दोलनका नामम ारास्वपाका कार्यकर्ताले आफूहरूको घर जलाएको बताए ।

उनले भने, ‘हाम्रो घर जलाउनका लागि रास्वपाका कार्यकर्ता आएका छन्, यी सबैको एक-एक हिसाब हामीले राखिरहेका छौँ ।’

बस्नेतले जेनजीले प्रारम्भमा शान्तिपूर्ण आन्दोलन गरेको र भ्रष्टाचार तथा ‘नेपो बेबी’ विरुद्ध अभियान चलाएको स्वीकार गरे । तर, आन्दोलनमा घुसपैठ भएको उनको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.