पाेखरा। मलेसियाविरूद्धको टी-ट्वान्टी क्रिकेट शृङ्खला नेपालले जितेको छ ।
बुधबार सम्पन्न निर्णायक खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएकाे हाे ।
याेसँगै नेपाल शृङ्खला तीन-दुईले आफ्नाे पक्षमा पार्न सफल भयाे ।
यसअघि दुई-दुईको बराबरी भएको अवस्थामा बुधबार भएको अन्तिम निर्णायक खेलमा नेपाल विजयी भएकाे हाे ।
टस जितेर पहिले ब्याटिङ गरेकाे मलेसिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रनमै समेटिन पुग्याे।
बायुमास ओभलमा भएको खेलमा मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालकी राजमती ऐरी एक्लैले तीन ओभरमा १५ रन खर्चेर तीन विकेट लिएकी थिइन् ।
एक सय चार रनकाे लक्ष्य लिएर मैदान उत्रिएकाे नेपालले नेपालले १८ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गर्याे ।
नेपालकी रुबी पोदारले २५ बलमा सर्वाधिक २६ रन बनाइन् । ऐरी प्लेयर अफ द म्याच भइन् ।
यसअघि पहिलो खेलमा मलेसिया तीन रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल छ विकेटले विजयी भएको थियो ।
तेस्रो खेल मलेसियाले १३ रनले जित्दा चौथो खेल नेपालले छ विकेटले नै जितेकाे थियाे ।