Nidan Media

होटल शाह पाराडाइजमा बाबु-छाेरा मृत अवस्थामा भेटिए

पर्सा । पर्साको वीरगञ्जस्थित होटल शाह पाराडाइजको एक कोठामा बाबु-छाेरा मृत अवस्थामा भेटिएका छन् ।

भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बुबा सजल ओछ्यानमै र छोरा सागर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

उनीहरू असोज १९ गतेदेखि नै उक्त कोठामा बस्दै आएका बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार  उनीहरू मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगेका थिए।

तर कोठा भित्रबाट चुक्कल लगाइएको र ढकढकाउँदा पनि ढोका नखुलेपछि कर्मचारीले भेन्टिलेटरबाट हेर्दा बुबा छोरा दुबै जना मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासलाई समेत जानकारी दिएर शव निकाल्ने तयारी भइरहेको डीएसपी लम्सालले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.