Nidan Media

सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपालमा

काठमाडौँ । नेपालमा सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार विदेशी पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा ७८ हजार सात सय ११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

यो संख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८दशमलव३ प्रतिशत कम हो ।

अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार तीन सय दुई पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

गत अगष्टमा ८८ हजार छ सय ८० पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार पाँच सय ५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार दुई सय ३७, अमेरिकाबाट नौ हजार छ सय ७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार दुई सय ३० पर्यटक भित्रिएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.