काठमाडौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिक परिवर्तन गरिएको छ ।
मंगलबार मिसनमा सहभागी श्रीनाथ गणको १४औँ डफ्फाका शान्ति सेनालाई बदली गर्नका लागि नयाँ गोरख गणको १५औँ डफ्फाका एक सय ७५ जना शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका हुन् ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका एक सय ७६ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका थिए ।
मिसनमा हाल नेपाली सेनाका एक हजार सात सय ५७ जना शान्ति सैनिक कार्यरत छन् ।