नेपालको राजनीतिक इतिहासमा प्रत्येक पुस्ताले आफ्नो भूमिका निर्वाह गरेको छ-पञ्चायतविरुद्धको जनआन्दोलनमा जनरेसन-जेड, २०४६ को पुनःस्थापनामा मिलेनियल पुस्ता, र २०६२/६३ को जनआन्दोलनमा विद्रोही भावनाले ओतप्रोत युवाहरू को आन्दोलनले केवल सरकारलाई मात्र होइन, सम्पूर्ण राजनीतिक दललाई आफ्नो दृष्टिकोण पुनर्विचार गर्न बाध्य बनाएको छ । यस आन्दोलनले स्थापित शक्तिलाई प्रश्न गर्दै युवाहरूको नयाँ सोच, डिजिटल पहुँच र विश्वव्यापी दृष्टिकोणलाई नेपालमा राजनीतिक मञ्चमा ल्याएको छ । यसले नेकपा (माओवादी केन्द्र) पार्टीलाई समेत गहिरो चुनौती र साथसाथै नयाँ अवसर दुवै दिएको छ । तर अहिले देखिएको जेनजी आन्दोलन पूर्णतया नयाँ स्वरूपको हो हालै देखिएको जेनजी आन्दोलन केवल सडकमा देखिएको युवाहरूको रोष मात्र होइन, यो नेपालमा राजनीतिक चेतनाको नयाँ लहर हो । सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभावमा हुर्किएको यो पुस्ता पुरानो राजनीतिक संस्कृतिको बिरोध गर्दै पारदर्शिता, जवाफदेहिता र ठोस परिणाम खोज्दै सडकमा उत्रिएको छ । यस आन्दोलनले नेपालका सबै पार्टीहरूलाई सन्देश दिएको छ कि “पार्टीगत निष्ठा“ भन्दा बढी ‘परिणाममुखी राजनीति’ आजको पुस्ताको प्राथमिकता हो ।
जेनजी पुस्ता जन्मँदा माओवादी जनयुद्ध अन्त्यतिर थियो । उनीहरूलाई युद्धको इतिहास सुनेका छन्, पढेका छन्, तर त्यसको प्रत्यक्ष अनुभव छैन। उनीहरूका लागि राजनीति भनेको “परिणाम दिने माध्यम’ हो, केवल “संघर्ष र बलिदानको इतिहास’ होइन। उनीहरूलाई क्रान्तिको इतिहास भन्दा बढी रोजगारी, शिक्षा सुधार, पारदर्शिता र भ्रष्टाचारमुक्त शासन चाहिएको छ। यदि माओवादी केन्द्रले पुरानो ढाँचा तोडेर नयाँ सोच अपनायो, युवालाई वास्तविक सहभागिता दियो र नतिजा देखिने खालका कार्यक्रम ल्यायो भने पार्टी फेरि युवाको नेतृत्वमा अगाडि बढ्न सक्छ। तर यो अवसर गुमाइयो भने पार्टी केवल अतीतको स्मारकमा सीमित भइ जाने खतरा छ ।
यस सन्दर्भमा नेकपा (माओवादी केन्द्र) पार्टीमा परेको असर, चुनौती र अवसरलाई यसरी हेर्न सकिन्छः
१. असर
माओवादी केन्द्रको विश्वसनीयतामा संकट:
माओवादी केन्द्रले दशकौँदेखि आफूलाई परिवर्तनकारी शक्ति र जनताको आवाजको प्रतिनिधि भनेर प्रस्तुत गर्दै आएको छ। पार्टीको इतिहासमा लोकतान्त्रिक आन्दोलन र सामाजिक न्यायका लागि योगदान रहेको कुरा नकार्न सकिँदैन। तर पछिल्ला घटनाक्रमहरूले देखाएको छ कि पार्टी पुराना आदर्श र वर्तमान व्यवहारबीचको दूरी कम गर्न नसकेको छ । जेनजी आन्दोलनले पुराना नेतृत्वलाई चुनौती दिँदै यो पार्टी पनि अरू जस्तै यथास्थितिवादी बन्यो भन्ने धारणा बलियो बनाएको छ। युवा पुस्ताले पारदर्शिता, जवाफदेहित्ता, र वास्तविक परिवर्तनको अपेक्षा राख्छन्, र जब पार्टीले यी अपेक्षालाई पूरा गर्न सकेन, तब जनमानसमा निराशा फैलिन थाल्यो। यो स्थिति माओवादी केन्द्रका लागि चेतावनीको रूपमा लिनुपर्छ। पार्टीले केवल इतिहासको गौरवमा अडिग रहँदा वर्तमान जनताको विश्वास गुमाउने जोखिम हुन्छ। अब आवश्यक छ कि नेतृत्वलेःआफ्ना नीति र कार्यक्रममा स्पष्टता र पारदर्शिता ल्याओस्।युवा पुस्तासँग संवाद र सहभागिता बढाओस्।आफ्ना आदर्श र व्यवहारबीचको भेद घटाएर वास्तविक परिवर्तन देखाओस्। माओवादी केन्द्रले आफ्नो ऐतिहासिक पहिचान कायम राख्न र नयाँ पुस्तासँग सम्बन्ध बलियो बनाउन सक्रिय र आत्ममूल्याङ्कनात्मक कदम चाल्नैपर्छ। अन्यथा, यथास्थितिवादी धारणा अझ बलियो हुनेछ र पार्टीले आफ्नो जनप्रियता गुमाउने जोखिम सामना गर्नुपर्नेछ।
नेतृत्वप्रतिको असन्तोषः पुराना नेताहरूको लामो पकड र नयाँ पुस्तालाई नेतृत्वमा अघि ल्याउन ढिलाइले पार्टीभित्रका युवा कार्यकर्ताहरूमा गहिरो निराशा उत्पन्न भएको छ।
सडकमा दबाबः जेनजी आन्दोलनले पार्टीलाई सडकको दबाब बुझ्न बाध्य बनाएको छ। अहिले पार्टीले आफ्नो नीति र कार्यक्रम युवामैत्री बनाउनुपर्ने आवश्यकतालाई महसुस गरेको छ।
२. चुनौतीहरू
विश्वास पुनःस्थापना गर्न कठिनाईः “नेकपा माओवादी केन्द्रले पार्टीप्रति जनता, विशेषगरी युवाहरूको विश्वास पुनःस्थापना गर्न गम्भीर चुनौती सामना गरिरहेको छ। विगतमा पार्टीले गरेका वाचा र प्रतिवद्धताहरू समयमै पूरा नगरेको वा निभाउन नसकेको आरोपहरूले जनमानसमा निराशा सिर्जना गरेको छ। यस परिस्थितिले युवाहरूको मन जित्न र उनीहरूलाई पार्टीको पक्षमा आकृष्ट गर्न सजिलो बनाएको छैन। पार्टीका नेतृत्व र सदस्यहरूले पारदर्शिता, जवाफदेहिता र सक्रियतामार्फत विश्वसनीयता पुनःस्थापना गर्नुपर्ने आवश्यकता अहिले अत्यन्त प्रष्ट छ।”
डिजिटल पुस्तासँग तालमेलः माओवादी नेतृत्व अझै पनि परम्परागत राजनीतिक शैलीमा केन्द्रित छ, तर ज्ेनजी डिजिटलमा सक्रिय छ। यदि पार्टीले आफ्नो सन्देश डिजिटल प्लेटफर्ममा सशक्त रूपमा प्रवाह गर्न सकेन भने यो पुस्ता पूर्ण रूपमा टाढिने खतरा छ।
गुटबन्दी र पुरानो संरचनाः पार्टीभित्रको गुटबन्दी र आन्तरिक विवादले संगठनलाई समयसापेक्ष सुधार र नयाँ विचारको विकासमा अवरोध पु¥याइरहेको छ । साथै, पुरानो ढाँचाको संगठन संरचनाले नयाँ नेतृत्वलाई उदाउँन कठिन बनाइरहेको छ र पार्टीको निर्णय प्रक्रिया स्थिर र प्रभावकारी हुनमा चुनौती थपिरहेको छ। यसले पार्टीभित्र नवप्रवर्तन र सामूहिक नेतृत्वको अवसरलाई सीमित पार्दै आएको छ ।
३. अवसरहरू
नयाँ नेतृत्व विकास गर्ने मौकाः
नेकपा माओवादी केन्द्र अहिले नयाँ नेतृत्व विकास गर्ने महत्वपूर्ण मोडमा छ। पार्टीले लामो समयसम्म भोगेको चुनौती र अवसरहरूको अनुभवलाई आत्मसात गर्दै, अब युवा पुस्तालाई अघि ल्याउने अवसर छ। विशेषगरी युवाहरूलाई र ज्ेनजी पुस्ता लाई समेटेर पार्टीको नीति निर्माण र नेतृत्व प्रक्रियामा समावेश गर्दा पार्टीले नयाँ सोच, नवीन दृष्टिकोण र सामाजिक संवेदनशीलता पाउनेछ। युवा पुस्ताको सहभागिताले मात्र पार्टीलाई समयको आवश्यकतासँग मेल खाने क्षमता दिने छैन, बरु यसले माओवादी केन्द्रलाई पुनः “परिवर्तनको पार्टी” को रूपमा स्थापित गर्ने अवसर पनि प्रदान गर्नेछ। यसले पुराना संरचनात्मक ढाँचामा सुधार ल्याउने, समाजसँग अझ नजिकको सम्बन्ध बनाउने र भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम नेतृत्व निर्माण गर्ने मार्ग खोल्नेछ। अतः माओवादी केन्द्रले यस अवसरलाई सदुपयोग गर्दै युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्छ, जसले पार्टीको नीतिगत र सामाजिक प्रभावकारिता दुवैलाई मजबुत बनाउनेछ ।
युवा केन्द्रित एजेन्डा ल्याउने सम्भावनाः
नेकपा माओवादी केन्द्रले अबको राजनीतिक रणनीतिमा युवा केन्द्रित एजेन्डा अघि ल्याउने सम्भावना उच्च देखिन्छ। देशको जनसंख्यामा युवाको अनुपात ठूलो भएको कारण पार्टीले उनीहरूलाई संगठनमा सक्रिय बनाउने र नीति निर्माणमा सशक्त सहभागिता सुनिश्चित गर्ने रणनीति अपनाउन सक्नेछ। यस्तो एजेन्डाले बेरोजगारी, शिक्षा, स्वरोजगार, सीप विकास, डिजिटल पहुँच र सामाजिक न्याय जस्ता विषयहरूमा विशेष ध्यान दिने अपेक्षा राखिन्छ। यसले पार्टीलाई नयाँ ऊर्जा र सामाजिक आधार विस्तार गर्ने अवसर दिन्छ, साथै राजनीतिक स्थिरता र जनसरोकारमा जवाफदेही नेतृत्व प्रस्तुत गर्ने दिशामा पनि मद्दत पुर्याउँछ । युवा केन्द्रित एजेन्डा लागू भएमा माओवादी केन्द्रको सार्वजनिक छवि र आगामी निर्वाचन रणनीतिमा सकारात्मक प्रभाव पर्ने सम्भावना पनि बलियो छ।
राजनीतिक पुनर्जीवनको सम्भावना
यदि माओवादी केन्द्रले सडकको सन्देशलाई सही तरिकाले आत्मसात् गर्यो भने यो आन्दोलन पार्टीको पुनर्जीवन र लोकप्रियताको नयाँ अध्याय बन्न सक्छ। सडकमा उठेका जनताको आवाज, उनीहरूको असन्तुष्टि र चाहनालाई गहिरो रूपमा बुझेर त्यसअनुसार आफ्नो रणनीति र कार्यक्रमलाई समायोजन ग¥यो भने, यो आन्दोलन केवल जनताको माग पुरा गर्ने मात्र नभई पार्टीको राजनीतिक जीवनमा नयाँ ऊर्जा भर्न सक्ने अवसर बन्न सक्छ । यसरी पार्टीले जनताको अपेक्षा अनुसार कदम चाल्दा, यसको लोकप्रियता बढ्ने, विश्वासिलो नेतृत्व पुनः स्थापित हुने र पार्टीले आफ्नो पहिचान र राजनीतिक प्रभावलाई मजबुत बनाउने सम्भावना रहन्छ। यस प्रकारको सक्रिय र संवेदनशील दृष्टिकोणले माओवादी केन्द्रलाई विगतका कमजोरीबाट सिकेर भविष्यमा नयाँ अध्याय सुरु गर्न सक्षम बनाउनेछ ।
निष्कर्ष
जेनजी आन्दोलन माओवादी केन्द्रका लागि खतरा मात्र होइन, अवसर पनि हो। माओवादी केन्द्रका लागि मात्र संकट होइन, यो पार्टीलाई पुनर्जीवन दिने सुनौलो अवसर पनि हो । युवालाई वास्तविक सहभागिता दियो, र ठोस नतिजा दिने नीति ल्यायो,पारदर्शी, जवाफदेही र परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता देखायो भने यो आन्दोलन नै पार्टीलाई फेरि क्रान्तिकारी र जनतामुखी पार्टीका रूपमा पुन:स्थापित गर्ने अवसर बन्न सक्छ। पार्टी फेरि नेपालको परिवर्तनको अगुवाइ गर्ने नेतृत्वमा फर्कन सक्छ। यदि यस्तै अवसर गुमाइयो भने यो पुस्ता पार्टीबाट टाढिने मात्र होइन, पार्टीको अस्तित्वमा नै प्रश्न खडा हुन सक्छ तर यदि पार्टीले यही सन्देशलाई पुस्ताले नयाँ राजनीतिक शक्ति निर्माण गर्नेछ र माओवादी केन्द्र केवल इतिहासको पाना बन्नेछ ।