Nidan Media

हमासको कडा चेतावनी प्यालेस्टाइन स्वतन्त्र नहुँदासम्म हतियार बिसाउदैनौ

गाजा क्षेत्रमा युद्ध रोक्न अन्तर्राष्ट्रिय प्रयास जारी रहे पनि हमासले फेरि स्पष्ट रूपमा भनेको छ—प्यालेस्टाइन स्वतन्त्र राष्ट्र नबनेसम्म आफूले हतियार बिसाउदैनौ
बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविरामबारे छलफल भइरहँदा, हमासले उक्त प्रस्ताव अस्वीकार गर्दै इजरायलसँग कुनै पनि सम्झौता नगर्ने स्पष्ट संकेत दिएको छ।

इजरायलले भने युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने शर्त कडाइका साथ राखेको छ। यही कारण पछिल्लो समय भइरहेको वार्ता पनि पुनः अवरुद्ध भएको छ।

यसअघि केही अरब राष्ट्रहरूले हमासलाई गाजाको नियन्त्रण छोड्न र हतियार त्याग्न आग्रह गरेका थिए। त्यस्तै, फ्रान्स, क्यानडा, बेलायतलगायतका केही पश्चिमेली मुलुकहरू प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने तयारीमा रहेको जानकारी बाहिरिएको छ।

बेलायतले चेतावनी दिएको छ कि यदि इजरायलले आगामी सेप्टेम्बरसम्म कुनै समाधानको बाटो नखोजे वा लचिलोपन नदेखाए, उसले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.