Nidan Media

मुख्यमन्त्रीको निर्णयमा एमालेको हस्तक्षेप, मन्त्रीको शपथ रोकियो

बागमती प्रदेशमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण एमालेको दबाबमा रोकिएको छ।

बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल धादिङ र चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्रीमा नियुक्त गरेका थिए। लम्साललाई आन्तरिक मामिला तथा कानुन, श्रेष्ठलाई युवा तथा खेलकुद, र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

शपथ कार्यक्रम बिहान ९ बजेका लागि तय गरिएको थियो र प्रदेश प्रमुख कार्यालयलाई जानकारीसमेत गराइएको थियो। तर, अन्तिम समयमा आएर कार्यक्रम रोकियो।

मुख्यमन्त्री लामालाई एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले फोनमार्फत संवेदनशील अवस्थामा मन्त्रिपरिषद् विस्तार उपयुक्त नहुने भन्दै रोक्न आग्रह गरेका थिए।

एमालेको चेतावनीपछि मुख्यमन्त्री लामा अन्योलमा परेका हुन्। एमालेले यस्तो कदमले गलत सन्देश जाने बताउँदै तत्काल मन्त्री नियुक्ति नगर्न आग्रह गरेको थियो।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.