Nidan Media

थाइल्यान्ड र कम्बोडिया सीमामा बम वर्षा, १४ जनाको मृत्यु सयौं विस्थापित

थाइल्यान्ड र कम्बोडियाबीचको पुरानो सीमा विवाद फेरि एकपटक भीषण हिंसामा रूपान्तरण भएको छ। १४ जनाको ज्यान गइसकेको छ, सयौं विस्थापित छन् र द्वन्द्व अझ चर्कँदै छ
थाइल्यान्ड र कम्बोडियाबीचको सीमा तनाव दिनप्रतिदिन चर्किँदै गएको छ। शुक्रबार फेरि दुई देशको सीमामा गोलीबारी भएको छ, जुन दुबै देशका अधिकारीहरूले पुष्टि गरेका छन्।

यस द्वन्द्वमा हालसम्म १४ जनाको ज्यान गइसकेको छ, भने धेरै जना घाइते भएका छन्। सयौं मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्। दुबै तर्फबाट गोली, क्षेप्यास्त्र र लडाकु विमान प्रयोग हुँदै हिंसा बढ्दो छ।

शुक्रबार दुबै देशले सीमामा थप सेना पठाएका छन्। बिहीबार कम्बोडियाले थाइल्यान्डको सीमावर्ती गाउँहरूमा आक्रमण गरेपछि, थाई सेनाले प्रतिक्रिया स्वरूप ा ज्ञट लडाकु विमानमार्फत कम्बोडियाका सैन्य अड्डामा आक्रमण र्गयो।

थाइल्यान्ड र कम्बोडियाबीचको यो सीमा विवाद एक शताब्दीभन्दा पुरानो हो।

सन १९०७ मा जब कम्बोडिया फ्रान्सको अधीनमा थियो, त्यसबेला सियाम हालको थाइल्यान्ड र कम्बोडियाबीच सीमा तय गरिएको थियो। तर पछि, लगभग ८१७ किमी लम्बाइको सीमामा विवाद सुरु भयो।

सबैभन्दा ठूलो विवाद प्राचीन प्रेह विहार मन्दिरलाई लिएर छ, जुन ११ औं शताब्दीमा निर्माण गरिएको थियो। दुवै देशले यसमाथि अधिकारको दाबी गर्दै सन १९६२ मा अन्तर्राष्ट्रिय न्याय अदालत मा मुद्दा दायर गरेका थिए।

अन्ततः अदालतले कम्बोडियाको पक्षमा फैसला र्गयो, र थाइल्यान्डले मन्दिरमाथिको आफ्नो अधिकार त्यागेको थियो। तर यो मुद्दा अझै पूर्ण रूपमा समाधान भइसकेको छैन, र समय–समयमा विवाद चर्किने गरेको छ।

सीमा विवादले फेरि दुइ देशबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ। अहिलेको अवस्था थप बिग्रन नदिइ शान्तिपूर्ण वार्तामार्फत समाधान खोज्न दुवै देश तयार होलान भन्ने आशा गरिन्छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.