Nidan Media

प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस

निदान मिडिया

प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस भएका छन्।

सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईलाई आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन्। उनी नेकपा (एमाले) निकट हुन्।

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई सिफारिस गरिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.