Nidan Media

हरिवंश आचार्यको ‘हरि बहादुर’ अब ठुलो पर्दामा फर्किँदै!

हरिवंश आचार्यको हरि बहादुर पात्र पुन पर्दामा देख्न पाइने भएको छ। हरि बहादुर, यो पात्रसँग तपाईँ कुनै कालखण्डमा पक्कै परिचित भएको हुनुपर्छ । किनकि नेपाली हास्य क्षेत्रका अग्रणी व्यक्तित्व हरिवंश आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर नामक पात्रले दर्शकको धेरै माया पायो । मह जोडीका रूपमा सामाजिक विभेद, विकृति र सन्देशमूलक सामग्रीमा देखिएका हरि बहादुर हराएको केही समय भएको छ ।


तपाईँले सानो पर्दामा नदेखेको लामो समय भयो । कहाँ छन त, हरि बहादुर ? के गर्दै छन ? बदलिँदो समयसँगै उनी कस्ता भए त ? यो प्रश्न तपाइको मनमा पनि हुनुपर्छ । किनकि हामी धेरै बाल्यकाल भनौँ वा टेलिभिजन हेर्ने समयमा हरि बहादुर जोडिनुभएको छ । तपाईँले मिस गरिरहनुभएको हरि बहादुर अब दसैँमा तपाईँलाई भेट्न आउँदै हुनुहुन्छ ।

उहाँ यस पटक सानो पर्दा र रङ्गमञ्चमा नभई ठुलो पर्दा अर्थात फिल्म हलमा तपाईँलाई भेट्नु हुनेछ । ‘हरि बहादुरको जुत्ता’ नामक फिल्ममा तपाईँले उही तपाईँकै पुरानो प्रिय पात्र हरि बहादुरलाई भेट्ने र उहाँको परिवर्तित संसारलाई बुझ्ने मौका पाउनु हुनेछ । हरिबहादुरसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, अभिनेत्री प्रियङ्का कार्की लगायतको अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ आगामी दसैँको अवसर पारेर फूलपाती अर्थात असोज १३ गते देखि तपाइको नजिकको फिल्म हलमा लाग्ने छ ।
हरि बहादुर फर्किँदैछन तयार रहनुहोस हाँसो र सम्झनाको त्यो मीठो स्वाद पुनः अनुभव गर्न

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.