बिहे गर्ने योजनामा रहेकी अञ्जलि अधिकारी भन्छिन्, ‘अब बिहे गर्ने बेला भयो तयारी गर्दैछु ।’ उनी प्रेमसम्बन्धमा रहेको खबरहरू पनि बाहिरीसकेका छन् यद्यपि यस विषयमा उनी खुल्न चाहन्नन् ।
अञ्जलिका बुवा छोरीलाई स्टाफ नर्स पढाउन चाहन्थे तर अञ्जलिको भने हिरोइन बन्ने सपना थियो । जुन सपना उनले पुरा पनि गर्दै छिन् । घर परिवारको इच्छा विपरीत मोड्लीङमा लागेकी अञ्जलिले झन्डै एक हजार भन्दा माथि म्युजिक भिडियोमा काम गरी सकेकी छन् ।
प्रकाश सपुतको ‘बोल माया’ गीतबाट चर्चामा आएकी अञ्जलि आजसम्म निरन्तर चर्चामै छिन् । लोकदोहोरी क्षेत्रकी निकै व्यस्त र डीमान्डेड मोडल हुन् उनी ।