Nidan Media

तीन फिल्म जनै हराएको मान्छे’, ‘माग्नेराजा’ र ‘ताराहरु’ रिलिज

आज (शुक्रबार) भदौ ६ गतेबाट तीन नयाँ नेपाली फिल्म एकसाथ रिलिजमा आएका छन् । ‘जनै हराएको मान्छे’,   ‘माग्नेराजा’ र ‘ताराहरु’ फिल्म एकैदिन रिलिजमा आएका हुन् । देशभर एकसाथ रिलिजमा आउँदा यी तीनफिल्म मध्ये ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’लाई हलहरुले दिएको शो झण्डै बराबरी छ भने ताराहरुलाई निकै कम शो दिइएको छ ।

क्युएफएक्स चेनले दिएको शोमा ‘जनै हराएको मान्छे’लाई १७ शो दिइएको छ भने ‘माग्ने राजा’लाई २० शो दिइएको छ । यस्तै फिल्म ‘ताराहरु’लाई भने जम्मा तीन शो दिएको देख्न सकिन्छ । देशभरीबाट जम्मा तीन शो दिनुनिकै कम हो, भक्तपुरको भाटभटेनीमा रहेको हलमा एक शो, सिभिल मलमा रहेको हलमा एक शो र सिटी स्क्वायर मलमा एक शो दिएको देखिन्छ । बिशेषगरी ‘ताराहरु’ फिल्मको प्रचारप्रसार न्युन छ, साथै स्टारकास्ट पनि कम छन् । त्यसैले पनि हलहरुले शो कम दिएको अनुमान गर्न सकिन्छ ।

‘जनै हराएको मान्छे’ले बुधबार आयोजीत प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको थियो । उपस्थिती कलाकारहरुनै आँखामा आँशु पुछ्दै बाहिर निस्किएका थिए । प्रिमियर यता फिल्म प्रति दर्शकको उत्सुकता पनि बढेको छ । यस्तै ‘माग्ने राजा’को पनि प्रचारप्रसार तिब्र भएकाले पनि हाइप बढेको देखिन्छ । यसरी हेर्दा ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’मा दर्शकको उपस्थिती राम्रो हुने अनुमान लगाउन सकिन्छ ।

हिमाल न्यौपाने निर्देशीत जनै हराएको मान्छेमा बिजय बराल, केकी अधिकारी र मिरुना मगरको मुख्य भूमिका छ । बिजय बरालको ब्लकबस्टर फिल्म पूर्ण बहादुरको सारंगी पछिको छायांकन भएको पहिलो फिल्म हो ।

यस्तै ऋषि लामिछाने निर्देशीत माग्ने राजामा केदार प्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका रहेको छ ।

 

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.