Nidan Media

कता हराइन् सरिता लामिछाने ?

लोकप्रिय कलकार सरिता लामिछाने आजभोलि कता हराइन् । पछिल्लो लामो समययता सरितालाई पर्दामा देख्न पाइएको छैन । अहिले उनी अमेरिकामा रहेको कुरा उनका श्रीमान् ऋषि लामिछानेले खुलाएका छन् । सरिता लामिछाने नेपाली सिनेमा क्षेत्रको परिचित नाम हो । उनी टेलिफिल्मबाट चर्चामा आएकी कलाकार हुन् ।

निकै नै शालीन, भद्र र सोझो छवि सहित सरिता टेलिफिल्ममा हुँदै फिल्ममा जमेकी कलकार हुन् । उनले आफ्नो अभिनयकलाले आम दर्शकको मन जीतेकी थिइन् । झापामा जन्मिएकी सरिताले बी एड सम्मको अध्ययन गरेकी छन् । एनजीओमा काम गरीरहेकी सरिता विवाहपछि मात्रै श्रीमान्को आग्रहमा मात्रै कलकारितामा होमिएकी हुन् ।

मुक्ति टेलिसिरियलबाट कलकारितामा डेब्यु गरेकी सरिताले चेतनाको दियो,गहना,सीता, परिचय  लगायत दर्जनौँ  टेलिसिरियलमा काम गरिन् र सिनेमातर्फ ढल्किइन् । तर पछिल्लो समय भने उनी कलकारिताभन्दा पर छिन् ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.