Nidan Media

प्रकाश र स्वस्तिमाले पिए एउटै गिलासको पानी

कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीचको ‘पानी बाराबार’ स्थितीको हल्ला खण्डन गर्दै फिल्म ‘हरिबहादुरको जुत्ता’ले एक भिडियो सार्वजनिक गरेको छ। भिडियोमा प्रकाश र स्वस्तिमाले एकअर्कालाई ‘तपाईं’ भन्न आग्रह गर्दै चलचित्रको पहिलो गीत आज रिलिज हुने जानकारी दिएका छन्।

पछिल्लो केही दिनयता कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच बोलचाल बन्द भएको चर्चा छ । केही मिडिया रिपोर्टमा यी दुईबीच ‘पानी बारबारको स्थिती रहेको’ बताइएको थियो । सपुतको फिल्म ‘वसन्त’को प्रवर्धनमा स्वस्तिमा नहिँडेकाले यी दुईबीच बोलचाल बन्द भएको दावी गरिएको थियो ।

तर, यी दुईबीच ‘पानी बाराबार’ रहेको हल्लालाई खण्डन गर्दै उनीहरू अभिनित फिल्म ‘हरिबहादुरको जुत्ता’ले प्रवर्धन भिडियो नै सार्वजनिक गरेको छ । जहाँ, आफूहरूबीच चलेको गसिपको खण्डन गर्दै एउटै गिलासको पानी पिएका छन् ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.