केदार घिमिरे (माग्ने बुढा) ले ५१ लाख लिएको पुष्टि भएको छ । उनको पछिल्लो चलचित्र ‘माग्ने राजा’ का कारण उनी चर्चामा छन् । अर्को चर्चाको विषय थियो उनको पारिश्रमिक । उनले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर ठुलै गसीप चली रहेको छ । विवाद पनि आयो ।
अन्ततः उनले कति पारिश्रमिक लिएको भनेर प्रमाण मीलेको छ । केदार घिमिरेलाई ५१ लाख दिएको स-प्रमाण माग्ने राजा चलचित्रका निर्माताले सार्वजनिक गरिदिएका छन् । यता केदार घिमिरे आफुले धेरै पारिश्रमिक नलिएको बताउँथे तर अब भने कति लिएको दिएको भन्ने कुरा खुलेको छ ।
यसअघि सञ्चार माध्यममहरुमा उनले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा चले पनि उनले निर्माण मुनाल घिमिरेबाट ५१ लाख रुपैयाँ पारिश्रमिक पाएको पुष्टि भएको हो ।