Nidan Media

स्वर भासिएपछि एसुको चरणमा पुगेकी अन्जु पन्त

स्वर भासिएपछि धर्म परिवर्तन गरेर एसुको चरणमा पुगेकी अन्जु पन्त । धर्म परिवर्तन गरेपछि उनलाई निकै नराम्रा कमेन्ट गालीहरू आए ।  यस विषयमा उनी भन्छिन्, ‘भर्खर भर्खर फक्रँदो करियरमा मैले हिट पछि हिट गीत दिइरहेको थिए तर बिस्तारै मेरो आवाज भासिँदै गयो ।’ उनी गीत गाउनै नसक्ने अवस्थामा पुगिन् । यतीसम्म भयोकी उनी एक वर्ष बेड रेस्टमै बसिन् ।

अन्जु भन्छिन्, ‘मेरो सानो ममी ,सानो बुवाले प्रार्थना गरिदिनुभएछ र म पनि गएर प्रभुको शरणमा पुगेर मलाई कहिले नसुक्ने आवाज दिनुस् भनेर धेरै प्रार्थना गरे रोए, कराए र त्यही प्राथनाबाट मेरो आवाज फर्किँदै आयो र मलाई कामको ओइरो लाग्यो । हजारौँको सङ्ख्यामा गीत रेकर्ड गराए। सयौँ अवार्ड पुरस्कार पाए । र आजसम्म म उत्तिकै स्वस्थ छु । मैले दोस्रो जीवन पाएकै कारण धर्म परिवर्तन गरे ।’

मिठो स्वरकी धनी गायिका अञ्जु पन्त हिन्दु धर्म त्यागेर क्रिश्चियन भएको निकै वर्ष भयो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.