Nidan Media

३ महिनासम्म खाना नखाएका नाजिर हुसेन

नाजिरले उनको आगामी चलचित्र गुन्यो चोलो’ को लागी निकै मेहनत गर्नुपरेको किस्सा सुनाएका छन् । उनी भन्छन्,  ‘३ महिनासम्म मैले एक सीता भात खाईन । १७ केजी तौल घटाउनुपर्ने थियो । हिल लगाएर नाच्दा खुट्टा मर्किएर म पटक पटक अस्पताल भर्ना भए । धेरै पटक सुटीङ रोकियो । सामाजिक सञ्जाल बन्द गरे ।’

गुन्यो चोलो चलचित्रमा नाजीरले ट्रान्स वुमन महिलाको चरित्र निर्वाह गरेका छन् जुन भुमीकाको लागी उनी डेढ वर्ष यही चरित्रमा बसेर काम गरे । त्यो समयमा उनी कसैसँग बोल्दैनथे । नाजीर भन्छन्, ‘फिल्मको सुटीङ सकिएपछि पनि त्यो क्यारेक्टरबाट निस्कन ६ महिना लाग्यो ।’ फिल्म ‘गुन्यु चोलो’को ट्रेलर पनि सार्वजनिक भएको छ।

 

सार्वजनिक ट्रेलरमा यौनिक तथा अल्पसङ्ख्यक समुदायका मनिसले आफ्नो पहिचान खुलाउन गरेको संघर्षलाई देखाइएको छ फिल्ममा अभिनेता नाजिर हुसेन पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा छन्। गुलाबी पात्रको रूपमा उनले अभिनय गरेका छन्।जन्मिँदा पुरुष भए पनि हुर्किँदै गर्दा महिलाको पहिरन र गरगहनामा शृङ्गारिन मन पराउने छोरा (नाजिर हुसेन)ले बाबुको लाहुरे बनाउने सपना त्यागेर कसरी आफ्नो लैङ्गिक पहिचान खुलाउँछ भन्ने ट्रेलरमा देखाइएको छ। अभिनेता नाजिर उक्त भूमिकामा जीवन्त देखिएका छन्।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.