Nidan Media

जानुका तामाङ र खेम सेञ्चुरीको मौलिक ठट्यौली गीतले पायो चर्चा

लोक, पप, आधुनिक र चलचित्रका गीतहरूले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेका बेला मौलिकता झल्किने ठट्यौली गीत भने कमै मात्र सार्वजनिक भइरहेका छन्। यस्तैमा, चर्चित गायिका जानुका तामाङ र गायक खेम सेञ्चुरीको स्वरमा रहेको नयाँ ठट्यौली गीत “तेसै साईलो होइसिने” युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतमा शब्द, संगीत र स्वर गायिका तामाङकै छ भने खेम सेञ्चुरीले समेत स्वरमा साथ दिएका छन्।

गीतको म्युजिक भिडियोमा खेम सेञ्चुरी, जानुका तामाङ, केशब सापकोटा, राजेन्द्र गिरी, डेडगर डाडा, मुना घिमिरे, मनोज बिक, याम बी बिके, अर्जुन जुग्जाली, विक्की विके लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

भिडियो शिव बिकको निर्देशनमा, माधव श्रेष्ठको छायांकनमा र मनोज कार्कीको सम्पादनमा तयार पारिएको हो। गीत ‘जानुका तामाङ अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ठट्यौली शैलीको मौलिक स्वाद बोकेको यो गीत दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.