Nidan Media

नीताको ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित

अभिनेत्री नीता ढुङ्गानाको आगामी चलचित्र  सुख दुःख’ को शीर्ष भूमिकामा मदनकृष्ण श्रेष्ठ अनुबन्धित भएका छन् ।फिल्ममा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए। मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीताले निकै उत्साहित भएको बताइन्।

निर्माण पक्षले गत आइतबार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिला बाहेक फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन।

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना  छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.