Nidan Media

प्रवासबाट लोक संगीतको धरोहर बचाइरहेका सर्जक मनु विश्वकर्माको “कल्पनाको संसारमा हराउने” सार्वजनिक

सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएका मनु विश्वकर्माले नयाँ लोकदोहोरी गीत “कल्पनाको संसारमा हराउने” सार्वजनिक भएको छ । माया–प्रेममा आधारित यो गीत यथार्थ र भावनात्मक कथाले भरिएको छ, जसले स्रोता-दर्शकलाई झन् नजिक पुर्‍याउने प्रयास गर्छ।

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका–४ मल्याङ्गकोट, कोट गाउँमा जन्मिएका मनु विश्वकर्मा सानैदेखि संगीतप्रेमी थिए। स्कुले उमेरमा साथीहरूको घरमा गएर रेडियोमा लोकदोहोरी सुन्ने, जंगल मेलापात जाँदा गीत गाउने मनु, आमाले दिएको खाजा खर्च बचत गरेर सानो रेडियो किनेर गीत सुन्ने गर्थे।

महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट प्रेरित हुँदै उनले देशप्रेम, मायाका कथा र कविताहरू लेख्दै डायरी भरिरहेका थिए। उनका कतिपय रचनाहरू तत्कालीन पत्रपत्रिकामा समेत प्रकाशित भएका थिए।

२०६३ सालमा उनले अग्रज गायकगायिकाहरू राजु परियार, बिमा कुमारी दुरा, बिष्णु माझीको स्वरमा “देउरालीमा कसमै खाक‍ो” र “थाप्यौं धराप” सार्वजनिक गरिसकेका छन् । तर पारिवारिक जिम्मेवारी र देशको आर्थिक यथार्थले उनलाई प्रवासतिर जान बाध्य बनायो।

तर पनि गीत संगीतको मोह कम भएन। प्रवासमा उनले “बर्सौं बित्यो भेट हाम्रो भा’छैन” जस्ता मनछुने गीतहरू लेखे र स्वर दिए। उक्त गीतमा पुर्णकला बीसीसँग उनले युगल गायन गरेका थिए। कमल सौरागको संगीत संयोजन, राजकुमार बगरको रेकर्डिङ, जीवन सेञ्चुरीको निर्देशन, शितल केसी र कशिश दाहालको अभिनय रहेको थियो।

नेपाली लोकदोहोरीको मायालु जोडीको कथा बोकेको नयाँ गीत “कल्पनाको संसारमा हराउने” मा मनु विश्वकर्मा स्वयंले शब्द र लय सिर्जना गरेका छन्। गायनमा दीपिका बायम्बु मगरसँगको युगल स्वर गीतको मुख्य आकर्षण बनेको छ।

संगीत संयोजनमा बहुचर्चित बीबी अनुरागी, छायांकनमा हरिश महोरा, निर्देशन तथा सम्पादनमा जीवन सेञ्चुरी, कलर ग्रेडिङमा अनन्त घिमिरे, र प्रबन्धनमा विष्णु देवी विश्वकर्माको भूमिका रहेको छ। अभिनयमा जुना विश्वकर्मा र जीवन सेञ्चुरीको जोडी दर्शकको मन जित्ने विश्वास लिइएको छ।

हाल युएई दुबईमा रहनु भएका मनु विश्वकर्माले आफ्नो गीतप्रति माया र समर्थन गरिदिन सम्पूर्ण नेपाली दर्शक–स्रोतालाई आग्रह गरेका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.