Nidan Media

“गायक रामकृष्ण ढकालको निर्माण र निर्देशक प्रकु पाण्डेको निर्देशनमा ‘मालती मङ्गले’ घोषणा!”

चर्चित गायक रामकृष्ण ढकालले आफ्नो नयाँ यात्रा रूपमा चलचित्र निर्माण गर्ने घोषणा गरेका छन्। उनले ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन्। यो चलचित्र रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ। हालका लागि चलचित्रको कलाकार र अन्य प्राविधिक टिमबारे जानकारी खुलाइएको छैन।

रामकृष्ण ढकालले सन् २००१ मा बनेको ‘आशीर्वाद’ चलचित्रमा अभिनय गरेका थिए, जुन उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए। उक्त चलचित्र उनको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको थियो। ढकालले पुरानो अनुभवलाई स्मरण गर्दै लेखेका छन्, “समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षण सम्झँदा २३ वर्ष बितिसकेको रहेछ! अब फेरि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ। यस पटक भूमिकामा परिवर्तन आएको छ— म निर्माता बन्ने निर्णयमा पुगेको छु।”

उनले चलचित्र ‘मालती मङ्गले’ आफ्ना सपना पूरा गर्ने ठूलो अवसर भएको बताउँदै सम्पूर्ण दर्शक, शुभचिन्तक तथा चलचित्रप्रेमीहरूलाई साथ दिन आग्रह गरेका छन्।

गायक ढकालले चलचित्र निर्माणमा नयाँ मोड लिँदै गर्दा ‘मालती मङ्गले’ को कथा र स्वरूप कस्तो रहनेछ भन्ने दर्शकहरूका लागि प्रतीक्षाको विषय बनेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.