Skip to content

गायिका एलिना चौहानको आग्रह : निजी जीवनबारे धेरै चर्चा नगरिदिनुहोस

गायिका एलिना चौहानले आफ्नो निजी जीवनबारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिबार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन ।

आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्ने आशामा सम्बन्धमा गासिएको उल्लेख गरेकी छिन् ।
बिबाह कसैले पनि सम्बन्धविच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको प्रष्ट पारिन् ।
अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् ।

निकै भावुक अवस्थामा देखिएकी एलिनाले श्रीमान् विष्णु सापकोटालाई नराम्रो र गाली नगर्न आग्रह गरेकी छिन् ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x