Nidan Media

अनिल लम्सालको नयाँ गीत “झिलिमिली बत्ती छ” सार्वजनिक

गायक तथा मोडल अनिल लम्सालको नयाँ गीत “झिलिमिली बत्ती छ” हालै बजारमा सार्वजनिक भएको छ। यो गीतमा अभिनय स्वयं अनिल लम्सालले गरेका छन्। साथै, उनलाई मोडलहरू अस्मिता रनपाल, रोशन बिसी, संगिता खाति, सन्तोष थापा, र विकास शर्माले अभिनयमा साथ दिएका छन्।

गीतमा अनिल लम्सालको स्वरलाई गायिका शान्त रानी परियारले साथ दिएकी छिन्। शान्त रानीले यसअघि लोकप्रिय गीत “म त ढले ढले” गाएर चर्चा कमाएकी थिइन्। साथै, यो गीतमा रोशन बिसी र रन्जिता बिसीको पनि स्वर समावेश छ। गीतको कोरियोग्राफी हुम गुरुङले गरेका छन् भने निर्देशन, शब्द, र संगीत स्वयं अनिल लम्सालकै रहेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.