Nidan Media

‘शाम्बाला’ अस्कर अवार्डमा सिफारिस

पोखरा ।

मीनबहादुर भामद्धारा निर्देशित फिल्म ‘शाम्बाला’ अस्कर अवार्डमा सिफारिस भएको छ । आगमी मार्च ३, २०२५ मा अमेरिकमा हुने ९७ आंै अस्कर अवार्डको लागि आधिकारिक रुपमा नेपालबाट उक्त चलचित्र सिफारिस भएको हो ।

आवेदन दिनको लागि जारी गरिएको समयभित्र ‘शाम्बाला’ले मात्र आवेदन दिएको र अस्करका सबै मापदण्ड यो फिल्मबाट पुग्ने जनाइएको छ । फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायत कलाकारहरूको अभिनय छ।

गत भदौ २८ गतेदेखि नेपालका विभिन्न हलमा प्रदर्शन भएको उक्त फिल्मको व्यापार सुखद रहेको बुझिएको छ । दर्शक र समीक्षकले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्।

 

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.